काठमाण्डौ विश्वविद्यालयमा पुनः ४ वर्षकालागि माकजु उपकुलपतिमा नियुक्त

काभ्रे, ७ माघ २०७३। काठमाडौँ विश्वविद्यालय (केयु) मा चारवर्षीय कार्यकालका लागि डा रामकण्ठ मकाजु नै पुनःनियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सर्च कमिटीका सदस्यको बैठकले आज उहाँलाई नियुक्त गरेको केयुका प्रेस संयोजक हरिमञ्जुश्रीले जानकारी दिनुभयो । उहाँलाई औपचारिकपत्र भने आउन बाँकी नै छ । “गत मङ्सिरमा डा. मकाजुको चारवर्षीय कार्यकाल सकिएपछि रजिस्ट्रार डा भोला थापालाई कावा उपकुलपतिका रुपमा नियुक्त गरिएको थियो ।

रिक्त उपकुलपतिका लागि विश्वविद्यालयसभाले शिक्षामन्त्री धनीराम पौडेलको संयोजकत्वमा सर्च कमिटी गठन भएको थियो ।

 

  • 37Read This News:
  • 417615Total reads:
  • 230371Total visitors: