चन्द्रमामा पाइला टेक्ने अन्तिम अन्तरिक्षयात्री ८२ वर्षको उमेरमा निधन

अमेरिका, ४ माघ २०७३ । चन्द्रमामा पदार्पण गर्ने अन्तिम अन्तरिक्षयात्री युजिन ए. कम्र्यानको ८२ वर्षको उमेरमा गतः सोमबार राति निधन भएको छ । सन् १९७२ मा संयुक्त राज्य अमेरिकाद्वारा प्रक्षेपण गरिएको अन्तरिक्ष यान (रकेट) एपोलो–१७ मा चढी बैज्ञानिक तथा अन्तरिक्षयात्री कम्रयानले १४ डिसेम्बर १९७२ मा चन्द्रमामा पाइला टेकेका थिए ।

सन् १९३४ मा सिकागोमा जन्मिएका कम्रयान प्रारम्भ देखिनै तीक्ष्ण बुद्धिमा थिए । उनले सन् १९५६ मा २२ वर्षको उमेरमा इन्डियानाको पर्ड्यु विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङ्ग बिषयमा स्नातक उपाधि प्राप्त गरेका थिए ।

चन्द्रमामा सन् १९६९ मा पाइला टेक्ने प्रथम मानव अन्तरिक्षयात्री निल आम्सट्रङ्ग पनि सन् २०१२ मै दिवङ्गत भै सकेका छन् । निल आम्सट्रङ्गले पनि पर्ड्यु विश्वविद्यालकै इलेक्ट्रिकल इन्जिनियरिङ्ग बिषयका स्नातक हुन् ।

ठूलो खर्च लाग्ने तर साह्रै न्यून उपलब्धि हुने लगायत अन्य धेरै कारणहरु देखाई अमेरिकाले चन्द्रमामा रकेट प्रक्षेपण गर्ने योजना सन् १९७२ पश्चात् स्थगित गरेपछि यस सँगसँगै अमेरिकी अन्तरिक्ष यात्रीहरुको चन्द्रयात्राको क्रममा पनि विराम लाग्यो ।

त्यसको केही वर्ष पछिदेखि अमेरिकाले रुससँग सहकार्य गरी चन्द्रमा तथा अन्य ग्रहहरुको संयुक्त अनुसन्धान, अन्वेषण गर्दै आएको छ । कम्र्यानपछि अन्य कुनै अमेरिकी अन्तरिक्षयात्रीलाई चन्द्रमामा टेक्ने अवसर नमिलेपछि उनी नै चन्द्रमामा पदार्पण गर्ने अन्तिम अन्तरिक्षयात्री मानिएका छन् ।

८२ वर्षको उमेरसम्म चन्द्रमाको अध्ययन, अनुसन्धान र यस बारे पछि पछिका दिनहरुमा के के घटना वा उपलब्धिहरु हासील गरिए सो मा निरन्तर रुची भएका कम्र्यानले, आफू मात्रै चन्द्रमामा पाइला टेक्ने अन्तिम मानव नभई यो उपाधि अरु कसैले लिइदेओस भनी जीवनको अन्तिम घडीसम्म पनि गहिरो अभिलाषा राखेका कुरा उनको पारिवारिक प्रवक्ता बताउँछन् ।

बैज्ञानिक तथा अन्तरिक्ष यात्री कम्र्यानले ५ सय ६५ घण्टासम्म अन्तरिक्षमा र यस अवधिमध्ये ७३ घण्टाभन्दा बढी समयसम्म चन्द्रसतहमा व्यतीत गरेको रेकर्ड कायम रहेको छ ।

उनले चन्द्रयात्राका क्रममा भोग्नु परेका दुखः कष्ट, आर्जन गरेका अनुभव तथा अन्य धेरै रोमान्चक घटनाहरु समेटी छायाङ्कन गरिएको एउटा बृत्तचित्र दि लास्ट म्यान अन दि मून सन् २०१६ मा पहिलो पटक प्रदर्शन गरिएको थियो ।

 

  • 37Read This News:
  • 474654Total reads:
  • 282931Total visitors: