जोर्डनमा मन्त्रिमण्डल पुनःगठन

जोर्डन, ३ माघ २०७३ । जोर्डनमा मन्त्रिमण्डल पुनःगठन गरिएको छ । देशको सुरक्षा व्यवस्था साह्रै फितलो भएको र बेरोजगारीको अवसरमा ह्रास आएकोमा असन्तुष्टि जनाउँदै जोर्डनेली जनता सरकारविरुद्ध आक्रोशित भइरहेको अवस्थामा गरिएको यस ताजा पुनःगठनमा ठूलै हेरफेर भने गरिएको छैन ।

मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीसमेत ३० वटा पदमध्ये हाल छ वटा पद पुनःगठनमा परेका छन् र जोर्डनका नरेश अब्दुल्लाह द्वितीयले पुनःगठित मन्त्रिमण्डलका नवआन्तुक सदस्यहरूलाई सपथ ग्रहण गराउनुभयो ।

मुख्यतः गृह ९आन्तरिक मामिला० र विदेश मन्त्रालयलगायत अन्य चार वटा साना मन्त्रालयका वर्तमान वरिष्ठ मन्त्रीहरूमध्ये कसैलाई घटुवा गरिएको छ भने त कसैलाई हटाइएको छ । गृह मन्त्री सलामेह हमादलाई वरिष्ठ मन्त्रीको पदबाट घटुवा गरी राज्यमन्त्रीमा नियुक्त गरिएको छ भने विदेश मन्त्री नासिर जुदेहलाई हटाई उनको स्थानमा पूर्व उपप्रधानमन्त्री तथा स्थानीय एक पत्रिकाका सम्पादक आइमान अल सफादिलाई नवनियुक्त गरिएको छ ।

गतः महिना आतङ्कवादी इस्लामिक स्टेट्सका आत्मघाती सशस्त्र योद्धाहरूले देशको केन्द्रीय प्रान्त कराकमा अप्रत्याशित आक्रमण गर्दा ११ जना सरकारी सुरक्षाकर्मी, दुई जना निर्दोष नागरिक र एक जना क्यानाडेली पर्यटकसमेत १४ जनाको अनाहकमा ज्यान गएपछि राजधानी अम्मानमा ठूलो हल्लीखल्ली र त्रास मच्चिन गई गृह मन्त्री हमादको तीब्र आलोचना भएको थियो ।

यसको लगत्तै गृह मन्त्री हमादले संसद्मा अविश्वासको प्रस्तावको सामनासमेत गर्नु परेको थियो । जोर्डनमा छोटो छोटो समयमै बारम्बार मन्त्रिमण्डल पुनःगठन गरिनु सामान्य राजनीतिक गतिविधिजस्तै मानिन्छ ।

 

  • 31Read This News:
  • 417424Total reads:
  • 230180Total visitors: