सोलुखुम्बुका अधिकांश भूभागमा आज बाक्लो हिमपात

सोलुखुम्बु, १७ पुस २०७३। जिल्लाको नाम्चे, खुम्जुङ र चौरीखर्कका अधिकांश भूभागमा आज बाक्लो हिमपात भएको छ ।

दूधकुण्ड नगरपालिका, गोली, टाक्सिन्दु, जुभिङ, बुङ, वाकु, गोराखानी, केरुङ, टाप्टिङलगायत गाविसमा समेत हिमपात भएको छ । हिमपातसँगै सो क्षेत्रको जनजीवन प्रभावित भएको छ । चिसोका कारण स्थानीयवासी घरबाट निस्कन सकेका छैनन् । सदरमुकाम सल्लेरीको समेत जनजीवन प्रभावित बनेको छ ।

जाडोका कारण व्यापारी पसलमै आगो तापेर बसेका छन् । पानी परेका कारण आलु र मकै उम्रने तथा हिउँदे बाली सप्रने भन्दै कृषक खुसी भएका छन् ।

 

  • 38Read This News:
  • 417424Total reads:
  • 230180Total visitors: