चुनावका लागि तयार रहन नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको निर्देशन

तनहुँ, १७ पुस २०७३ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छिट्ट्रै तीन तहको निर्वाचन हुने भएकाले तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

काँग्रेसका कार्यकर्तालाई तनहुँको भिमादमा आज सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सरकार संविधान संशोधन प्रक्रिया टुङ्ग्याएर निर्वाचन गर्ने तयारीमा जुटेको आफूले पाएको पौडेलले बताउनुभयो ।

“सरकार जेठसम्ममा स्थानीय चुनाव गर्ने र मङ्सिर सम्ममा प्रदेश र संसद्को चुनाव गर्ने तयारीमा छ । त्यसैले तपाईँहरू निर्वाचनका लागि तयारी हुनुहोस्” पौडेलले भन्नुभयो ।

संसद्मा अवरोध गर्नाको सट्टा नेकपा (एमाले)ले संसद् खुलाउन पहल गर्नुपर्ने बताउँदै पौडेलले संविधान जारी गर्दा एक भएका दलहरु संशोधन प्रक्रियामा पनि एक भएर अगाडि बढनुपर्छ भन्नुभयो ।

 

  • 30Read This News:
  • 417424Total reads:
  • 230180Total visitors: