डोनाल्ड ट्रम्पका लागि भ्लादिमिर पुटिन ‘धेरै बुद्धिमान्’ नेता

अमेरिका, १७ पुस २०७३। अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रसियाली राष्ट्रपतिले अमेरिकी कूटनीतिज्ञलाई अमेरिकी नयाँ प्रशासनको नीति हेरेर मात्र स्वदेश फिर्ता गर्ने भनी दिएको प्रतिक्रियापछि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन ‘धेरै बुद्धिमान्’ नेता भनी प्रशंसा गर्नुभएको छ ।

अमेरिकाले निर्वाचनको समयमा साइबर हमलालगायत हस्तक्षेप गरेको बदलास्वरुप ३५ जना रसियाली कूटनीतिज्ञलाई स्वदेश फिर्ता पठाउने निर्णय गरेको थियो ।

रसियाली विदेश मन्त्रालयले पनि अन्तर्राष्ट्रिय कूटनीतिक परम्पराअनुसार ३५ जना अमेरिकी कूटनीतिज्ञलाई कारबाहीका लागि सिफारिस गरी राष्ट्रपति पुटिनकहाँ पठाएको थियो । पुटिनले अमेरिकामा नेतृत्व परिवर्तन भई रिपब्लिकन नेता तथा अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पको रसियालाई हेर्ने नीतिलाई हेरेर यस विषयलाई अघि बढाउने भनी शुक्रबार प्रतिक्रिया दिनुभएको थियो ।

रसियाली राष्ट्रपतिद्वारा ढिलाई गर्ने निर्णय “महान् कदम हो, मैले सधैँ उहाँलाई एक बुद्धिमान् विश्व नेताका रुपमा चिन्ने गरेको छु” – भनी ट्रम्पले ट्वीट गर्नुभएको छ ।

ट्रम्पको यो भनाइले रिपब्लिकन पार्टीका केही सदस्यसहित डेमोक्रेटिक पार्टीलाई क्रोधित तुल्याएको अमेरिकीलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रम्पको रसियाली राष्ट्रपतिलाई बुद्धिमान् भनी गरेको ट्वीट सन्देशलाई वासिङ्टनस्थित रसियाली राजदूतावासले पुनः ट्वीट गरी प्रचार गरेको थियो ।

 

  • 55Read This News:
  • 480720Total reads:
  • 288177Total visitors: