यमनको दक्षिणी सहर एडेनमा आत्मघाती हमला कम्तीमा ४० सुरक्षाकर्मीको मृत्यु

यमन, ३ पुस २०७३। यमनको दक्षिणी सहर एडेनमा आइतबार आफ्नो तलव बुझ्न सैनिक आधार शिविरमा जम्ममा भएको सुरक्षाकर्मीकोे एक समूहलाई लक्षित गरी गराइएको आत्मघाती बम हमलामा परी मृत्यु हुनेका सङ्ख्या ४० पुगेको भएको सैन्य र स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।

अल एरिस जिल्लामा अवस्थित अल सव्लाबा शिविरमा जम्मा भएका सैनिकहरूको बीचमा घुसेर आत्मघाती आक्रमणकारीले विस्फोट गराएको जनाइएको छ ।

आक्रमणमा परी अन्य ५० जनाभन्दा बढी मानिस घाइते भएका स्रोतले जानकारी दिएको छ । केही घाइतेहरूको अवस्था अत्यन्तै गम्भीर देखिएको भन्दै मृतक सङ्ख्यामा अझै केही सङ्ख्या बढ्नसक्ने बताइएको छ ।

एडेनमै इस्लामिक स्टेट ९आइएस० जिहादी समूहले जिम्मा लिएको आत्मघाती आक्रमणमा ४८ जनाको मृत्यु हुनुको साथै अन्य २९ जना घाइते भएको एक घटनाको आठ दिनपछि पुनः सैनिक लक्षित अर्को आत्मघाती बम हमला भएको हो ।

यमनी अधिकारीहरूले यस युद्धग्रस्त देशको दक्षिणी तथा पूर्वी क्षेत्रमा गतिविधि बढाइरहेका जिहादीका विरुद्ध तीव्र कारबाही सुरु गरेका छन् ।

सरकार र यमनको हुथी विद्रोहीबीचको द्वन्द्वको कारण आइएस र अल कायदा विद्रोहीहरूले फाइदा उठाइरहेका छन् । साउदी अरेबियासँग आबद्ध गठबन्धन सेनाले सन् २०१५ को मार्च महिनाबाट हुथी विद्रोही विरुद्ध कारबाही जारी राखेका छन् ।

यमनमा जारी द्वन्द्वमा परी सात हजारभन्दा बढी व्यक्ति मारिएका छन् र यसमा अधिकांश सर्वसाधारण नागरिक रहेका छन् ।

 

  • 31Read This News:
  • 459202Total reads:
  • 268733Total visitors: