जनक वाग्लेका निदाएका दिनहरु र रानीचरी कहाँ गो सङ्ग्रह प्रकाशित

काठमाडौँ, ३ पुस २०७३। जनक वाग्लेद्वारा रचित ‘निदाएका दिनहरु’ शीर्षक कविता र मुक्तकसङ्ग्रह तथा ‘रानीचरी कहाँ गो’ शीर्षक गीत, गजल र भजनसङ्ग्रह प्रकाशनमा आएको छ ।

सावित्री वाग्ले प्रकाशक र पहिलो कृतिमा ५२–५२ वटा कविता र मुक्तक छन् । त्यस्तै दोस्रो कृतिमा नेपाली र नेवारी भाषाका रचना छन् । उनका रचना भ्रष्टता र अनैतिकमाथि व्यङ्ग्यवर्षा गरिएको भूमिका लेखक शार्दूृल भट्टराईले बताउनुभएकोे छ ।

त्यस्तै गीत, गजल र भजनसङ्ग्रहका भूमिका लेखक कालीप्रसाद रिजालले उनका गीतमा नेपालीपन र लोकशैली पाइने विचार व्यक्त गर्नुभएको छ । सङ्ग्रहमा ‘चट्टामरी छप्पा लाए’, जीत यम जीत लोम जस्ता काठमाडौँ उपत्यकाभित्रका डाँडाकाँडा, जात्रा पर्वहरुलाई प्रतिध्वनित गरिएको छ ।

 

  • 57Read This News:
  • 417822Total reads:
  • 230569Total visitors: