इटलीमा अहिलेसम्मकै गर्मी अनुमान

इटलीको सिसली द्वीपमा बुधवार तापक्रम ४८.८ डिग्री सेल्सियस रेकर्ड भएको छ जुन पुरै युरोपमा अहिले सम्मकै बढी तापक्रम भएको अनुमान छ । यसको पुष्टि विश्व मौसम संस्थाले गर्न बाँकीछ ।

विश्व मौसम संस्थाका अनुसार सन १९७७ मा ग्रिसको राजधानी एथेन्समा सबैभन्दा बढी ४८ डिग्रीसेल्सियस सम्म पुगेको थियो ।

इटलीमा अहिले अत्यधिक गर्मी हुनुको कारण अफ्रिकाबाट फैलिएको लूसिफ़र नामको प्रतिचक्रवात (ऐंटीसाइक्लोन) को कारणले हो ।

लूसिफ़र अहिले अझ आकाशको माथिमाथी गएको कारण इटालीको धेरै शहरमा अझ तापक्रम बढन सक्ने अनुमान छ । यसैकारण त्यहाँको स्वास्थ्य भन्त्रालयले केही क्षेत्रमा उच्च सतर्कता क्षेत्र घोषणा गरेकोछ ।

उच्च तापमानका कारण इटालीको धेरै जंगलमा आगलागी पनि भएको समाचार छ ।

उक्त तापक्रमको कारण अहिलेसम्म कम्तिमा ३ जनाको मृत्यु भैसकोछ ।

 

  • 77Read This News:
  • 338440Total reads:
  • 165778Total visitors: