हंगेरीमा चीनीया विश्वविद्यालयको क्याम्पस संचालनको विरोध

हंगेरीको राजधानी बुडापेष्टमा चीनीया विश्वविद्यालयको क्याम्पस संचालनको तयारीको त्यहाँका नागरिक द्वा विरोध गरेकाछन ।

शनिवार बुडापेस्टमा चीनको फ़ुडान यूनिवर्सिटीको क्याम्पसको निर्माण गर्ने योजनाको विरोधमा स्थानियले सडकदेखी संसद भवनसम्म प्रदर्शनमा गरेका थिए ।

चीनको विश्वविद्यालय मातहतको क्याम्पस खोल्दा आफ्नो देशको शिक्षा प्रणालीमा असर पर्ने र कम्युनिष्ट शासनको प्रभाव पर्नसक्ने भन्दै स्थानियने विरोध गरेको जनाइएकोछ ।

हंगेरीका प्रधानमन्त्री भिक्टर ओरवानको चीनसंगको राम्रो सम्वन्धका कारण यो क्यामपस निर्माण गर्ने योजना बनेको बताइएकोछ ।

बुडापेस्टमा बन्नलागेको फ़ुडान यूनिवर्सिटी क्याम्पस निर्माण गर्न करिब १.८ अर्ब अरब डॉलरलाग्ने अनुमान गरिएकोछ ।

ओरबान सरकारले एक बर्षमा सम्पुर्ण शिक्षामा गरेको खर्चभन्दा यो लागत बढी रहेको जनाएकोछ । यो क्याम्पस निर्माणको लागि १.५ अर्ब डलर चीनको बैंकबाट ऋण लिइनेछ ।

बुडापेस्टका नगर प्रमु मेयर गेर्गेली कराक्सोनीलेपनि यो फुडान यूनिवर्सिटी कैंपसको निर्माण कार्यको बिरोध गरेका छन् ।

फ़ुडान विश्वविद्यालय चीनको प्रतिष्ठित शिक्षण संस्था मध्य एक मानिन्छ ।
सन २०२४ सम्म यो क्याम्पस तयारहुने अनुमान गरिएको छ ।

 

  • 62Read This News:
  • 340609Total reads:
  • 167036Total visitors: