१९ वर्ष अगाडीको तीतो सम्झना

१९ वर्ष भएछ । त्यो दिन शुक्रवारको दिन थियो । म र मेरो परिवार ३ वर्षको सानी छोरीको साथ काठमाण्डौको थापाथलीको एक फाष्टफुड रेष्टुरेण्टमा शुक्रवार मनाउन गएका थियौ सायद बेलुकीको साढेआठ बजेको थियो होला । हामी प्रायजसो शुक्रवारका दिन बाहिर खान जाने गथ्र्यौ । हामीले खानेकुरा अर्डर गरेर खानाको प्रतिक्षामा थियो । करिव पौने ९ बजेको होला अन्यदिनमा रेष्टुरेण्टमा खान जाने भन्दा त्यो दिन छोरीले फरक ब्यवहार देखायो साह्रै दुःख दियो यतिसम्मकी रेष्टुरेण्टमाको टेबुलमा राखेको चिनी नुन राख्ने भाडानै फुटालिदियो । त्यो दिन अलि फरक ब्यवहार देखाएकोले रेष्टुरेण्टमा नबसी खाना प्याकगरेर घरलाने निर्णय गरेर प्याक गर्नलगाए । तर करिव ५ मिनेट पछि छोरी सामान्य अवस्थामा आयो । त्यस पछि प्याकिङ्ग क्यान्सिल गरेर त्यही वसेर खायौँ र घर गयौ बाटोमा सोच्दै थियौ । किन छोरीले ५ मिनेट जती यस्तो ब्यवहार गरेको होला जस्तो लाग्यो ?

भोली विहान मार्निङ्गवाकमा जाँदा एक साथीले भन्यो देशमा त कोही छैन के भन्छ भनेर अन्योल भएर सोर्धे हामी छौ त साथीले भन्यो हिजो दरवारमा ठुलो घटना घटेको छ रे । मर्निङ्गवाक सकेर घरमा आएर रेडियो सुनेको लामो समयसम्म नेपाली भजन प्रसारण गरिरहेको थियो धेरैजसो ८४ लाख जुनीमा भन्ने गित बज्ने गरेको थियो । मैले रेडियो नेपालमा कार्यरत एक साथी बिशाल जीत पालिखेलाई फोन गरेर सोधेँ दरवार काण्डको बारेमा साथीले पनि यस्तै हल्ला सुनेको आधिकारीक सुचना नआएका भएर भजनहरु प्रसार गर्दैगरेको सुनाए । मैले साथीलाइ भने यस्तो अबस्थामा बोलि रहने हृदयको चरीलाइ कुन्नी केभो भन्ने भजन बजाउन सुझाए साथीले हामी अलमलमा परेर त्यो भजन बजाउन बिर्सेको तपाइले सम्झाइदिनु भयो धन्यवाद मैले सर्वोच्च नेपा गणेशमान सिंह र मनमोहन अधिकारीको स्वर्गारोहणको बेलामा प्रसार गरेको थिए त्यो भजन अहिले बिर्सेछु म तुरुन्त बजानेको ब्यवस्था मिलाउछु भन्यो र केही बेरमै उक्त भजन बज्न थाल्यो । करिव ९ बजेपछि दरवार हत्याकाण्डको खवर रेडियो नेपालबाट सार्वजनिक भयो त्यसपछि ४ दिन धुन बज्न थाल्यो त्यसपछिका दिनमा बोलिरहने हृदयको भन्ने भजन बज्न थाल्यो सवै एफएम रेडियो स्टेशनबाट पनि उक्त गित बज्न थाल्यो ।

दरवार हत्या काण्डको खवर प्रसारभएपछि जनसागर उर्लेर आए राजपरिवारलाई श्रद्दञ्जली दिनलाई त्यसपछि भीड सम्हाल्न नसकेर कर्फ्यु घोषणा गर्नु पर्यो । यसपछि मुलुक लामोदिन शोकमा डुव्यो ।

यसै अवधिमा काठमाण्डौको खानेपानीको मुलमा विष मिसाएर राजा मात्र होइन जनता पनि सक्ने योजना गरेको छ भन्ने गलत हल्ला फिजाएपछि काठमाण्डौका डेरावालाले बस्नै दिएन अहिलेको कोरोनाका कारण गाउँ जान बाध्य भएझै त्यो दिनमा पनि सबैजना गाउँजान बाध्य भयौ । केहि दिन पछि स्थिती सामान्य भएपछि राजधानी आएका थियौ । त्यो कहाली लाग्दो घटना घटेकोपनि आज १९ बर्ष भएछ ।

हार्दिक श्रद्दशुमन दिवंगत राजपरिवार प्रति

बिबेक थापा
हाल बेलारुस

 

  • 48Read This News:
  • 294411Total reads:
  • 145506Total visitors: