आहा रारा गोल्ड कप फुटबल माघ ४ देखि १५ गते सम्म पोखरामा हुने

काठमाडौँ, २० मङ्सिर २०७३। आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता आगामि माघ ४ देखि १५ गते सम्म पोखरामा आयोजना हुने भएको छ ।

आयोजक सहारा क्लबद्वारा आईतबार आयोजित पत्रकार सम्मेलनमा यस १५ औँ संकरणमा राष्ट्रिय र अन्तराष्ट्रिय गरि १२ वटा क्लबको सहभागिता रहने जानकारी गराईएको थियो ।

प्रतियोगितामा राष्ट्रिय स्तरका ५, विदेशी ३, विभागिय ३ र अयोजकको तर्पmबाट सहरा क्लबको सहभागिता रहने छ ।

प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने क्लबले ५ लाख र दोस्रो हुने क्लबले २ लाख ५१ हजार पुरस्कार प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडि घोषित हुन सफल एक जना खेलाडिलाई एउटा मोटरसाईकल प्रदान गरिने छ ।

 

  • 26Read This News:
  • 1Visitors currently online: