हुवावेले ‘गलत कुरा गरेको छैन’: अध्यक्ष कोअ पिङ

स्पेन, १५ फागुन २०७५ । हुवावेले कुनै गलत काम नगरेको चिनियाँ प्रसिद्ध टेलिकम कम्पनीका अध्यक्ष कोअ पिङले बार्सिलोनामा भएको मोबाइल वर्ड कङ्ग्रेसमा मङ्गलबार बताउनुभएको छ ।

साइबर सुरक्षाबारे छलफलका लागि गरिएको बहसमा उहाँले भन्नुभयो, “हुवावेमाथि अनर्गलरूपमा आरोप लगाइएको र यसबाट कम्पनीको ख्यातिमा समस्या आएकोे छ ।” साइबर सुरक्षाबारे अमेरिका लगायतका कतिपय मुलुकले कम्पनीमाथि फाइभ–जी प्रविधिको सञ्जाल निर्माणमा आशङ्का व्यक्त गरेर पश्चिमी मुलुकहरूमा अफवाह फैलाएको भन्ने चिनियाँ अधिकारीहरूले दाबी गर्दै आएका छन् ।

फाइभ–जी तथा अत्यधिक उच्चगतिको सम्पर्क क्षमता राख्ने हुवावेका प्रबिधिका कारण इन्टरनेट, डिजिटल अर्थतन्त्र, आधुनिक कारमा यसको प्रयोगका लागि कतिपय मुलुकहरूले उत्सुकता देखाइरहेका समय आएका साइबर सुरक्षाबारेका चेतावनीका कारण हुवावेका फाइभ–जी सेवा जोड्न आनाकानी भइरहेको छ ।

एमडब्लूसी २०१९ मा बोल्नुहुँदै कुओ पिङले सुरक्षा खतराबारेका डरलाई साम्य गर्ने प्रयासमा उहाँले भन्नुभयो, “हामी सबैले विश्वास गर्ने प्रणालीको निर्माण गर्न हामीबीच सहकार्यको खाँचो छ । सङ्गठित मापदण्ड र प्रष्ट नियमको आवश्यकता छ ।”

“हामीले गर्वसाथ भन्न सक्छौँ कि फाइभ–जी फोर–जी प्रबिधिभन्दा सुरक्षित छ । हुवावेले अमेरिकी सरकारले भनेजस्ता कुनै बौद्धिक सम्पत्तिसम्बन्धी कानूनको उल्लङ्घन पनि नगरेको र कुनै जासुसी कार्यमा पनि सम्लग्न नभएको उहाँले बताउनुभयो । एउटा कम्पनी भएको नाताले उसले व्यवसायिक मूल्यमान्यतालाई सधँै आत्मसात गर्ने उहाँको दाबी थियो ।

 

  • 118Read This News:
  • 459161Total reads:
  • 268697Total visitors: