राना र श्रेष्ठको जाडी नवौँ बबिन स्मृति ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा

काठमाडौँ, १ फागुन २०७५ । देउराली क्लबका थम राना र हिमांशु श्रेष्ठको जोडी नवौँ बबिन स्मृति ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

भीमसेनगोलास्थित किङ कम स्पोर्टस क्लबको आयोजनामा मंगलवार भएको सेमिफाइनलमा राना र श्रेष्ठको जोडी कम्प्लिट हेल्थ क्लबका पेम्बा शेर्पा र लोक लामाको जोडीलाई २२–२०, २१–१६ को सोझो सेटमा पाखा लगाउँदै उपाधि नजीक पुगेका हुन् । अब उपाधिका लागि राना र श्रेष्ठको जोडीले तीनचुली ब्याडमिन्टन क्लबका अभिषेक गुरुङ र आकाश छन्त्यालको जोडीसँग प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै अर्को सेमिफाइनलमा तीनचुलीका अभिषेक र आकाशको जोडीले ललितपुरको रिमिक्स ब्याडमिन्टन क्लबका रदीप महर्जन र भुवन गुरुङको जोडीमाथि २१– १९, २१–९ को जीत निकाल्दै फाइनलमा पुगे । उक्त प्रतियोगिताको फाइनल खेल आज हुनेछ ।

 

  • 26Read This News:
  • 0Visitors currently online: