स्वतन्त्र व्यापारका लागि जापानी प्रधानमन्त्री र जर्मन चान्सलरबीच वार्ता

जापान, २१ माघ २०७५ । जापानका प्रधानमन्त्री सिन्जो आबे तथा जापान भ्रमणमा रहनुभएकी जर्मन चान्सलरबीच सोमबार भएको भेटमा जापान र जर्मनीबीच स्वतन्त्र व्यापारका लागि छलफल भएको छ ।

जापान र यूरोपेली यूनियनबीच भएको सम्झौता अनुरूप गत शुक्रबारदेखि स्वतन्त्र व्यापार कार्यान्वयनमा आएको छ ।

“जापान र जर्मनीले स्वतन्त्र तथा खुला आर्थिक प्रणालीलाई स्थापित गर्न र मजबुत पार्न निकटमा रहेर काम गर्नेछन्,” जापानी प्रधानमन्त्री आबेले मर्केलसँगको भेटपछि भएको संयुक्त पत्रकार सम्मेलनमा भन्नुभयो । मर्केल दुई दिने जापान भ्रमणका लागि सोमबार टोकियो आइपुग्नुभएको हो ।

“जापानसँगको स्वतन्त्र व्यापार सहमतिले विश्वलाई महत्वपूर्ण सन्देश दिनेछ,” मर्केलले बताउनुभयो ।

भेटमा जापान र जर्मनीका उच्च अधिकारीबीच बेलायतको इयूबाट हुने बहिर्गमन र यसबाट उक्त षेत्रमा पर्ने प्रभावका कारेमा छलफल भएको थियो । जर्मनी इयूको एक प्रभावशाली सदस्य हो ।

बेलायतमा काम गरिरहेका जापानी कम्पनीबारेमा चासो देखाउँदै आवेले मर्केलसँग भन्नुभयो, “ बेलायतको इयूबाट हुने बहिर्गमन (ब्रेक्जिट) सम्झौताबिना नै बेलायतले इयू छोड्नुपर्ने अवस्था आउन दिनुहुन्न ।”

“यसबाट विश्वव्यापी अर्थतन्त्रमा पर्ने नकारात्मक प्रभाबलाई जोगाउनुपर्छ ।”

बेलायतको हाउस अफ कमन्सले गत जनवरीमा इयूसँग बेलायती प्रधानमन्त्री टरिजा मेले गरेको सम्झौता बेलायतको पक्षमा नभएको भन्दै विफल पारिदिएको थियो । संसदले प्रधानमन्त्रीलाई पुनः वार्ताका लागि जनादेश दिएको छ तर जर्मनी, फ्रान्सलगायत यूरोपेली मुलुक थप वार्ताका लागि तयार देखिएका छैनन् ।

 

  • 28Read This News:
  • 438824Total reads:
  • 250762Total visitors: