शेयर बजार दोहोरो अङ्कले बढ्यो

काठमाडौँ, ३० पुस २०७५ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.७४ विन्दुले बढेर ११८६.८० विन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.०८ विन्दुले बढेर २५०.४९ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १५८ कम्पनीको ८ लाख ५ हजार ६०१ कित्ता शेयर रु २६ करोड ८१ लाख २४ हजार ६४४ मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोवार भएका कूल नौ उपसमूह मध्ये आज बैंकिङ उपसमूहको मात्रै शेयर घटेको छ । सो उपसमूह १.०९ विन्दुले घटेको छ । यस्तै होटल १८.८४, विकास बैंक ४.५६, जलविद्युत् १७७.०७, वित्त ६.९६, निर्जीवन बीमा १९.२४, अन्य १९.९१, लघुवित्त १५.०७ र जीवन बीमा ३.१८ विन्दुले बढेको छ ।

बढेको बजारमा नागरिक लगानी कोष, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, सिटी एक्सप्रेस फाइनान्स कम्पनी, गुर्खाज फाइनान्स, बोमी माइक्रोफाइनान्स वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले बढी कमाएका छन् । यस्तै बैंक अफ काठमाडौँ, अरुण कावेली पावर, अपि पावर कम्पनी, एक्सेल डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, हाथवे फाइनान्स कम्पनी, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका शेयरधनीले आज बढी गुमाएका छन् ।

 

  • 80Read This News:
  • 405462Total reads:
  • 218858Total visitors: