फ्रान्स, २९ पुस २०७५ । पेरिसको मध्य क्षेत्रमा अवस्थित एक वेकरी पसलमा ग्यास चुहावट नियन्त्रण गर्ने क्रममा आगोले जलेर घाइते भएका दुई अग्नि नियन्त्रक सहित अन्य २ जनाको उपचारका क्रममा शनिबार निधन भएको छ ।
ग्यास चुहावटलाई नियन्त्रण गर्ने क्रममा भएको विष्फोटमा आगोले जलेर सख्त घाइते बनेका ४ जनाको निधन भएको पेरिसको अभियोजनकर्ताको कार्यालयले जनाएको छ ।
घटनामा कम्तिमा ३७ जना घाइते भएका थिए । घाइतेमध्ये १२ जना गम्भीर रूपमा घाइते भएका थिए भने बाँकीलाई सामान्य चोट लागेको थियो । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएकोमा ४ जनाको मृत्यु भएको पुष्टि भएको हो ।



