यसवर्षको दशैको टीका साइत बिहान ८ः४५ बजे उत्तम

काठमाडौँ, २४ असोज २०७३ । यस वर्षको बडादसैँको टीकाको उत्तम साइत मङ्गलबार बिहान ८ बजेर ४५ मिनेटको समयलाई मानिएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले टीकाका लागि सो समयमा उत्तम भए पनि आफ्नो अनुकूल समयमा मान्यवरबाट टीका, जमरा, प्रसाद तथा आशीर्वाद लिन कुनै बाधा नहुने बताउनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोही साइतमा शीतल निवासमा टीका र जमरा ग्रहण गर्ने कार्यक्रम छ । दसैँको टीकाका लागि आफ्नो पारिवारिक मिलनसहित सर्वसाधारणले पनि तयारी गरिरहेका छन् ।

 

  • 58Read This News:
  • 405434Total reads:
  • 218833Total visitors: