राजनीति शासकका लागि मात्र होइन: पोप फ्रान्सिस

भेटिकन सिटी, १८ पुस २०७५ । राजनीति जसले शासन गर्छ उसका लागि मात्र नभएको प्रमुख क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसले मङ्गलबार बताउनुभएको छ ।

राजनीति सबैको सम्लग्नताका लागि भएको उहाँको तर्क थियो ।

“हामीले राजनीति शासकहरूका लागि रिजर्भ हो भन्ने सोच्नु हुँदैन,” उहाँले भन्नुभयो ।

“ जसरी ‘शहर’लाई ठीक अवस्थामा राख्न हामी सबै जिम्मेवार रहनुपर्छ र राजनीतिमा पनि केही हदसम्म त्यही ठीक हो र हामी सबैले शान्तिका लागि काम गर्नुपर्छ ।”

पोपले ५२ औँ विश्व शान्ति दिवसका अवसरमा सेन्ट पिटर्स स्क्वाएरमा गरेको सम्बोधनमा नागरिकले राजनीति शासकको हो उनीहरूले नै समाज विकास र शान्तिका लागि काम गर्नुपर्छ भन्नुभयो ।

शासकले गर्ने राजनीतिको हिस्सा जनताले लिने र सही निर्णयका लागि अग्रसर हुनुपर्ने उहाँले आग्रह गर्नुभयो । पोप पाउल छैठौँले जनवरी १ लाई विश्व शान्ति दिवसका रूपमा घोणणा गनुभएको थियो ।

 

  • 43Read This News:
  • 406600Total reads:
  • 219933Total visitors: