लेखनाथ महोत्सवमा रु १८ करोडको कारोवार

कास्की, १७ पुस २०७५ । ‘लेखनाथको संस्कृति, स्थानीय उत्पादनको विकास र समृद्धि’ भन्ने मूल नाराका साथ शुरु भएको लेखनाथ महोत्सव सोमवार सम्पन्न भएको छ ।

यही पुस ५ गतेदेखि कास्की लेखनाथमा सञ्चालित १५ संस्करणको सो महोत्सव अवधिभर करीब ३ लाख ५० हजार दर्शकले मेलाको अवलोकन गरेको थियो । महोत्सवमा करीब रु १८ करोड मूल्य बराबरको आर्थिक कारोवार भएको आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष बलराम ढकालले जानकारी दिनुभयो ।

महोत्सव समापन समारोहमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसीले यस प्रकारका मेला महोत्सवले पोखरालाई अन्तराष्ट्रियस्तरसम्म चिनाउन सहयोग मिलेको उल्लेख गर्दै उत्पादकदेखि उपभोक्तालाई एउटै थलोमा जम्मा गरी स्थानीय उत्पादनलाई बजारीकरण गर्नमा यसले सहयोग पु¥याएको बताउनुभयो ।

 

  • 55Read This News:
  • 481293Total reads:
  • 288680Total visitors: