नेकपाको प्रदेश कमिटी सदस्यको नाम टुङ्गो लाग्यो

काठमाडौँ, १३ मङ्सिर २०७५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले लामो समयपछि सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको र नामावली भने आज सार्वजनिक हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकले यसअघि नै प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज तोकिसकेको छ ।

आगामी अर्को बैठकमा केन्द्रीय समितिका सदस्यको कार्यविभाजन, जनवर्गीय सङ्गठनको एकीकरण र जिल्ला समितिका मुख्य नेतृत्वको चयनको प्रक्रिया अगाडि बढाइने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । अर्को बैठकको मिति भने तय भएको छैन ।

यसअघि मङ्गलबार बोलाइएको बैठक योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमका कारण स्थगित भएको थियो । पार्टी एकता भएको लामो समय भए पनि अझै तल्लो तहसम्म एकता हुन सकेको छैन । पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएको, स्थायी कमिटीको बैठक नबसेको तथा सरकार र दलबीच समन्वय नभएको विषयमा आवाज उठ्दै आएको छ ।

न ।

 

  • 32Read This News:
  • 406410Total reads:
  • 219754Total visitors: