जबर्जस्ती करणी आरोपमा २० वर्षीय अमृत विक पक्राउ

ताप्लेजुङ, ११ मङ्सिर २०७५ । पन्ध्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका–९ हाङदेवाका २० वर्षीय अमृत विकलाई पक्राउ गरेको छ ।

विकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विकले ती बालिकालाई घरमै लगेर जबर्जस्ती करणी गरेका थिए ।

 

  • 46Read This News:
  • 406531Total reads:
  • 219872Total visitors: