ब्रेक्जिटबारे अझै धेरै छलफल जरूरी

जर्मनी, ७ मङ्सिर २०७५ । बेलायतको यूरोपेली संघ (इयू)बाट बहिर्गमनपछि उनीहरूबीच भबिष्यमा हुने सम्बन्धका बिषयमा एउटा ‘महत्वाकांक्षी, बृहद् र लचिलो साभेदारी’ सम्बन्धी मसौदामा बिहीबार सहमति जुटेको छ ।

तर इयूका अधिकारीबाट यो जानकारी आएकै दिन जर्मन चान्सलर एन्जेला मर्केलले भने ब्रेक्जिटका बिषयमा अझै धेरै छलफल आवश्यक रहेको बताउनुभएको छ ।

मर्केलले खासगरी बेलायतसँग आगामी सम्बन्धका बिषयमा थप छलफल आवश्यक रहेको सहमतिमा पुग्न सम्भावित सवै विकल्प खुला गरिने बताउनुभयो ।

जर्मनीको व्यवसायिक मञ्चले आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “सहमतिमा पुग्नका लागि सहयोग गर्न मेरो तर्फबाट सबै उपायलाई प्रयोग गर्नेछु ।” उहाँले थप्नुभयो, “अव्यवस्थित ब्रेक्जिटले अर्थतन्त्र र भविष्यमा एक अर्कालाई हेर्ने अवस्थालाई नराम्रो बनाउनसक्छ । हामीले ब्रेक्जिटका बिषयमा सँगसँगै रहेर लामो यात्रा गरेका छौँ अझैपनि बेलायतभित्रका धेरै बिषयमा छलफल गर्न जरूरी हुनसक्नेछ ।”

 

  • 38Read This News:
  • 406518Total reads:
  • 219860Total visitors: