यात्री ठग्ने शुभ अधिकारी ट्राभल्सलाई रु ६ हजार जरिवाना

काठमाडौँ, ३० कात्तिक २०७५ । ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले यात्री ठगेको अभियोगमा शुभ अधिकारी ट्राभल्सलाई रु ६ हजार जरिवाना गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार उक्त ट्राभल्सका दुई वटा बसलाई नियन्त्रणमा लिइ जरिवानाका लागि पठाएकोमा विहिवार प्रतिबस रु ३ हजारका दरले जरिवाना गराइएको यातायात व्यवस्था कार्यालयले जनाएको छ । पर्यटक बसको टिकट काटेर साधारण बसमा यात्रा गराएको उजुरी परेपछि प्रहरीले ती बसलाई नियन्त्रणमा लिएर कारवाहीको प्रक्रिया बढाएको थियो ।

 

  • 45Read This News:
  • 408014Total reads:
  • 221275Total visitors: