जर्मन चान्सलर मर्केलले चौँथो कार्यकालका लागि उम्मेदवारी दिने

जर्मनी, ६ मङ्सिर २०७३। जर्मन चान्सलर एन्जेला मर्केलले आगामी कार्यकालका लागिसमेत उम्मेदवारी दिने सम्भावना रहेको उहाँको दल क्रिस्चियन डेमोक्रेट्स युनियन (सीडीयू) ले जनाएको छ ।

बेलायतमा बेलायतको युरोपियन युनियबाट बहिर्गमन चाहने समूह र अमेरिकामा रिपब्लिकन पार्टीका नेताको हालैका विजयबाट पाठ सिक्दै जर्मनीमा स्थिरताका लागि मर्केलको दलले उहाँलाई नै उम्मेदवारी दिने सम्बन्धमा सहमत हुन लागेको सीडीयूका उपनेता जुलिया क्लोएकनरले बताउनुभयो ।

मर्केलले यसै विषयमा आइतबार साँझ ६ बजे पत्रकार सम्मेलन गरीे यहीँबाट आफ्नो अर्को कार्यकालका लागि इच्छा प्रकट गर्नुभएको छ ।

बैसठ्ठी वर्षीया मर्केलले सन् २००५ देखि जर्मन चान्सलरका रुपमा काम गर्दै आउनुभएको छ ।

जर्मनीलाई युरोपको केही उच्च आर्थिक शक्ति केन्द्रमध्ये एक मुलुकका रुपमा लिइने गरिन्छ ।

यदि सन् २०१७ मा पनि मर्केलले विजय हासिल गरेर चार वर्षको पूरै कार्यकाल सम्पन्न गरेमा उहाँ नै जर्मनीको इतिहासमा युद्धपछि १६ वर्ष लामो कार्यकाल सम्हाल्ने हेलमट कोलजस्तै सफल व्यक्तित्व बन्नु हुनेछ ।

कम्युनिस्ट राजनीतिक पृष्ठभूमि भएको पूर्व पूर्वी जर्मनीबाट प्रतिनिधित्व गर्नुहुने एकीकृत जर्मनीका उहाँ उच्च पदस्थ अधिकारी हुनुहुन्छ ।

 

  • 30Read This News:
  • 459709Total reads:
  • 269210Total visitors: