सी र ट्रम्पबीच व्यापार विवादबारे वार्ता, वार्ता सकारात्मक

अमेरिका, १६ कात्तिक २०७५ । अमेरिका र चीनका राष्ट्रपतिबीच बिहीबार व्यापार विवादका बारेमा कुराकानी भएको छ ।
लामो समयदेखि व्यापार विवाद रहेको दुई देशका प्रमुखबीचको कुराकानी सकारात्मक भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिङपिङ बीच लामो समयपछि सकारात्मक कुराकानी भएको समाचारमा जनाइएको छ ।

“राष्ट्रपति सि जिङपिङसँग लामो समयपछि धेरै राम्रो कुराकानी भयो । हामीले धेरै विषयमा कुराकानी ग¥यौँ, तर विषेश जोड भने व्यापारका विषयमा नै भयो,” ट्रम्पले ट्विट गर्नुभएको छ ।
उहाँले व्यापारसम्बन्धी वार्ता सकारात्मक दिशातर्फ अगाडी बढेको जानकारी दिँदै जि ट्वान्टी शिखर सम्मेलनका बेलामा भेटेरै दुई जनाले कुराकानी गर्ने बताउनुभयो ।

जि ट्वान्टी शिखर सम्मेलन यही महिनाको अत्यमा अर्जेन्टीनाको राजधानी ब्युनसआयर्समा हुने तय भएको छ ।

 

  • 56Read This News:
  • 480372Total reads:
  • 287847Total visitors: