माछापालनबाट खर्च कटाए वार्षिक दश लाख आम्दानी

कञ्चनपुर, २ मङ्सिर २०७३ । बेलौरी नगरपालिका–२ का वन्धुराम चौधरीले वार्षिक ५० क्विन्टल माछा बिक्री गर्दै आएकाछन ।

दुई दशकदेखि माछापालन व्यवसायमा संलग्न चौधरीले सुरुमा रु १ लाख लगानी गरी २ वटा पोखरीमा माछापालन गर्न थालेकाहुन । हाल उनले रु ३६ लाख लगानी गरेर ७ बिगाहा जग्गामा ७ वटा पोखरी निर्माण गरेर माछा पालन व्यवसाय गर्दै आएकाछन । उनले व्यवसाय विस्तार गरेसँगै उनको आम्दानीपनि बढेको छ ।

“माछापालनमा वार्षिक रु २० लाख खर्च लाग्छ, खर्च कटाएर रु १० लाख फाइदा हुने गरेको चौधरी वताउछन । उनको पोखरीमा सिल्भर, विगेट, कमन, रोहु, नैनी, भ्याकुर, ग्रासलगायत ७ प्रजातिका माछा छन ।

चौधरीले उत्पादन गरको माछा कञ्चनपुर र कैलालीसँगै भारतीय सीमावर्ती क्षेत्रका व्यवसायीले पोखरीबाटै खरिद गरेर लैजाने गरेका छन् ।

पोखरी रेखदेख गरेबापत स्थानीय ४ जनाले रोजगारी पाएका छन् । चौधरी यस वर्षको छापालनमा राष्ट्रपति कृषि पुरस्कारबाट समेत भएकाछन ।

 

  • 49Read This News:
  • 459716Total reads:
  • 269217Total visitors: