सोलिडारिटी कप विजेता खेलाडीलाई जनही रु ३ लाख

काठमाडौँ, १ मंसिर २०७३ । सरकारले एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि विजेता सबै नेपाली खेलाडीलाई जनही रु ३ लाख नगद दिने घोषणा गरेको छ ।

मलेसियाको कुचिङस्थित सरावक रङ्गशालामा मंगलवार सम्पन्न फाइनल खेलमा नेपालले मकाउलाई १–० को गोलअन्तरले हराउँदै उपाधि जितेको थियो । विजयको खबरलगत्तै युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले उक्त पुरस्कारको घोषणा गर्नुभएको उहाँका स्वकीय सचिव राजेन्द्र विश्वकर्माले जानकारी दिनुभयो ।

नेपालका लागि सुजल श्रेष्ठले खेलको ३० औँ मिनेटमा गोल गर्नुभएको थियो । योसँगै नेपालले एक वर्षमा लगातार अन्तर्राष्ट्रियस्तरका ३ उपाधि जितेको छ । गत वर्ष माघमा बङ्गलादेशमा भएको बङ्गबन्धु कप जितेको नेपालले त्यसको १ महिनापछि भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग)मा पनि उपाधि प्राप्त गरेको थियो ।

 

  • 19Read This News:
  • 0Visitors currently online: