यु यस ए कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई

काठमाण्डौ, ३० कात्तिक २०७३ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का सहित उत्कृष्ठ नेपाली क्रिकेट खेलाडि सजिएको राईनोज क्रिकेट टोलीले अमेरीकामा सम्पन्न यु यस ए कप क्रिकेट प्रतियोगिताको उपाधि हात पार्न सफल भएको छ ।

नेपाली टोलीबाट कप्तान खड्का सहित बसन्त रेग्मी, सरद भेषवाकर, सिद्धान्त लोहनि लगाएतले खेलेका थिए ।

फाईनलमा नेपालले ह्युस्टन स्पार्क क्लबलाई ५४ रनले पराजित गरेको थियो ।

नेपाली राईनोज क्रिकेट टोलिले प्रथम हुँदै ६० हजार २ सय ५० अमेरिकी डलर तथा एउटा मित्सुबिसी गाडी प्राप्त गरेको छ ।

यसैगरि दोस्रो भएको ह्युस्टन स्पार्क क्लबले १७ हजार २ सय ५० अमेरिकी डलर प्रप्त गरेको छ ।

-परेश सापकोटा

 

  • 20Read This News:
  • 0Visitors currently online: