ट्रकको ठक्करबाट ३५ वर्षीया कल्पना गौतमको मृत्यु

बारा, २९ कात्तिक २०७३। बारा जिल्ला निजगढ नगरपालिकास्थित बकैया नदीको पुलदेखि करिब २०० मिटर पूर्व सडकमा आज बिहान ट्रकले साइकललाई ठक्कर दिँदा साइकलयात्री महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयबाट थाहा भएको छ ।

निजगढ–५ बस्ने ३५ वर्षीया कल्पना गौतम साइकलबाट निजगढ बजारतर्फ आइरहेको अवस्थामा पश्चिमबाट पूर्वतर्फ गइरहेको ना२ख ९३४१ नंको ट्रकले ठक्कर दिँदा साइकलयात्री गौतमको घटनास्थलमा नै मृत्यु भएको थियो ।

ट्रक चालक निजगढ–८ बस्ने ५० वर्षीय जोखकुवर चौधरी र ट्रक इप्रका, निजगढको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक सुवासकुमार गैरेले बताउनुभयो ।

 

  • 45Read This News:
  • 473680Total reads:
  • 282137Total visitors: