![dxf]Q/Lsf] cf}/xLaf6 ckx/0fdf k/]sL * dlxg] ;f]gfnL rf}w/LnfO{ 3](http://nepalmediaonline.com/Nmedia/wp-content/uploads/2018/08/kidnap-8-month-child-678x381.jpg)
महोत्तरी, ११ भाद्र २०७५ । महोत्तरी औरहीबाट आइतबार अपहरणमा परेकी आठमहिने बालिका मृत अवस्थामा भेटिएकी छिन् ।
पसलबाट हराएको २० घण्टापछि आज दिउँसो भङ्गहा नगरपालिका– ७ स्थित खुल्ला चौरमा उनी मृत अवस्थामा भेटिएको महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो । प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको पनि उहाँले बताउनुभयो ।
मृत अवस्थामा भेटिएकी बालिका औरही–१ स्थित सिद्धान्त फैन्सी स्टोर्सका सञ्चालक सन्तोष चौधरीका छोरी सोनाली चौधरी रहेको प्रहरीले जनाएको छ । उनलाई अपरिचित व्यक्तिले खेलाउन लैजान्छु भन्दै अपहरण गरेको थियो ।