ट्रम्प विरोधी प्रदर्शनका क्रममा पाँच जना घाइते

संयुक्त राज्य अमेरिका, २६ कात्तिक २०७३ । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनु भएपछि भएको विरोध प्रदर्शनका क्रममा पाँच जना घाइते भएका छन् ।

अमेरिकाको सियाटलमा बुधबार राति भएको आन्दोलनका क्रममा गोली प्राहारमा परी उनीहरु घाइते भएका हुन् ।

स्थानीय समयानुसार बेलुका बुधबार साँझ ७ बजेतिर ट्रम्प विरोधी प्रदर्शनकारीले पाइन र पिके सडकमा प्रदर्शन गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

सियाटल प्रहरीका उपप्रमुख रोबर्ट मर्नरले भने गोलीकाण्ड ट्रम्प विरोधी प्रदर्शनभन्दा व्यक्तिगत विवादको कारण भएको बताउनुभएको छ । घटनास्थलबाट एक जना पक्राउ परेका छन् ।

घाइते भएका पाँच जनामध्ये एक जना महिला र चार जना पुरुष रहेका छन् । उनीहरुलाई अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको सियाटल अग्नी नियन्त्रण विभागले ट्वीटरमार्फत जानकारी दिएको छ ।

घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको र अपराधिले उन्मुक्ति नपाउने अधिकारीले जनाएका छन् ।

 

  • 41Read This News:
  • 459699Total reads:
  • 269201Total visitors: