बामाको, २५ साउन २०७५ । बामाकोको राजधानी मालीमा भएको जातीय हिंसामा परी ११ जना फुलानी नागरिक मारिएका छन् ।
स्थानीय समूहले गरेको आक्रमणमा परि बिहीबार मृत्यु हुनेहरूको संख्या ११ रहेको स्थानीय अधिकारीहरुले बताएका छन् ।
अशान्त रहेको मध्य क्षेत्र मोप्तीमा मंगलबार सो घटना भएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । डोगोङ समुदायका व्यक्तिहरूले आक्रमण गरेको बताइएको छ ।
मंगलबार ११ जना फुलानी नागरिक अपहरणमा परेका थिए । उनीहरूलाई बानी नदी हुदै बजारतर्फ गइरहेका बेला सोफाराबाट डोगोङ लडाकूहरुले अपहरण गरेका हुन् ।
फुलानी, बाम्बारा र डोगोङ किसानकाबीचमा विगत तीन बर्ष देखि मध्य मालिमा द्वन्द्व भइरहेको छ ।


