स्वीजरल्याण्ड विमान दुर्घटना, सवै यात्रु मृत्यु भएको पुष्टि

स्वीजरल्याण्ड, २१ साउन २०७५ । बीस यात्रुसहित स्वीजरल्याण्डको दक्षिणी क्षेत्र टिसिनो विमानस्थलबाट जुरिच नजिकै रहेको ड्यूवेन्डर्फ सैनिक विमानस्थलका लागि शनिबार दिउसो उडेको विमानमा रहेका चालकदलका सदस्यसहित सबै यात्रुको मृत्यु भएको यहाँको प्रहरीले पुष्टि गरेको छ ।

आइतबार दिउसो एक पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता गरी स्वीजरल्याण्ड प्रहरीका प्रवक्ता अनिता सेन्टीले बताउनुभयो, “प्रहरीले विमानमा रहेका सबैजनाको मृत्यु भएको दुखद खबरको पुष्टि गर्दछ ।”

यसअघि दोस्रो विश्वयुद्ध शुरु भएको बर्ष सन् १९३९ मा जर्मनीमा बनेको स्वीस वायुसेनासँग आवद्धता रहेको जेयू–एअरको ऐतिहासिक महत्वको द जङ्कर, जेयू ५२ एचबी–एचओटी विमानमा चालक दलका तीन सदस्य र १७ यात्रु लिएर पिज सेगनास हिमाल क्षेत्रमा उडिरहेका समय शनिबार दुर्घटनाग्रस्त भएको स्वीजरल्याण्डको एटिएस न्यूज एजेन्सीले जनाएको थियो । विमान दुई हजार ५०० मिटरको उचाईमा रहेका समय दुर्घटनाग्रस्त भएको एटिएसले जनाएको हो ।

“विमान १८० डिग्री दक्षिणतर्फ मोडिएपछि चट्टानसरी जमिनमा खसेको थियो ।” विमानको भग्नाबशेष हिमाली क्षेत्रको एकान्त जङ्गलमा सानो क्षेत्रमा छरिएको बताउँदै विमान दुर्घटनाको कारण विष्फोटन नहुनसक्ने सङ्केत देखिएको प्रत्यक्षदर्शीले बताएका थिए ।

 

  • 84Read This News:
  • 459405Total reads:
  • 268918Total visitors: