२३ पटक ग्रान्डस्लाम उपाधि जितिसकेकी सेरेनालाइ हराइन सान जोसेले

अमेरिका, १६ साउन २०७५ । तेइस पटक ग्रान्डस्लाम उपाधि जितिसकेकी लन टेनिस खेलाडी सेरेना विलियम्सले डब्लुटिए सान जोसे प्रतियोगिताको पहिलो राउन्डमै नराम्रो हार व्यहोरेकी छन् । उनी जोहाना कोन्टेसँग ६–१, ६–० ले पराजित भएकी हुन् ।

खेल हेर्न ठूलो संख्यामा दर्शकहरु रङ्गशालामा उपस्थित भएका थिए, तर ५२ मिनेटमै खेल सकिएपछि दर्शकहरु निराश भएका थिए ।

यति छोटो समयमा यसअघि सेरेना सिंगापुरमा भएको सन् २०१४ को डब्लुटिए फाइनलमा हारेकी थिइन् । उक्त खेलमा सिमोना हालेपसँग सेरेना ६–०, ६–२ को सोझो सेटमा पराजित भएकी थिइन् ।

 

  • 71Read This News:
  • 459164Total reads:
  • 268700Total visitors: