मेरो गजल तिम्रो लागि लिएर आइन संजिता

काठमाडौँ, १५ साउन २०७५ । गजलकार संजिता देउजाको प्रथम गजल एल्वम ‘‘मेरो गजल तिम्रो लागि’ आज राजधानीमा प्रमुख अतिथि डा.कृष्णहरि बराल, उन्नति बोहरा शीला, गजलकार ज्ञानुवाकर पौडेल, मेरिना स्मृति र संजिता देउजाले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको हो ।

कार्यक्रममा गजलकार ज्ञानुवाकर पौडेलले गजललाई कविता र गीतबाट अलग गर्न नहुने बताउनुभयो । यसैगरी प्रमुख अतिथि डा. कृष्णहरि बरालले एल्वममाथि चर्चा गर्दै नेपाली गजल संगीतमा मेरो गजल तिम्रो लागि उत्कृष्ट संकलनका रुपमा आएको बताउनुभयो । उहाँले गीत संगीत लोकप्रिय हुन स्वर, संगीत, एरेन्ज, भिडियो भन्दा पनि गीत, गजल नै शब्द संरचना र लयका हिसावले उत्कृष्ट हुनुपर्ने बताउनुभयो ।

एल्वममा सत्यराज आचार्य, स्वरुपराज आचार्य र दीपक थापाको स्वर रहेको छ । सत्य स्वरुपको संगीत रहेको एल्वममा तिम्रो लागि…, छ अझै…, जवाव यौटा…, दैवको हातमा…, कुनै बेला म…, एक मानिस…, किन ?..र अनुरोध…बोलका आठ गजल संग्रहित छन । यसअघि गजलकार देउजाको संयुक्त मुक्तक संग्रह ‘मुक्तक महक’ प्रकाशित छ ।

 

  • 65Read This News:
  • 417810Total reads:
  • 230558Total visitors: