दुई देशबीच सहमति भएपछि मात्र नेपाली श्रमिकलाई रोजगारका लागि पठाइने

मोरंग, १५ साउन २०७५ । श्रममन्त्री गोकर्ण विष्टले विदेशमा नेपाली युवा श्रमिकले गर्ने सुरक्षित व्यवस्थित गर्न केही समयका लागि मेलेसियामा रोजगारीका लागि जान रोक लगाइएको बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विगतमा नेपालवाट कामदार पठाउदा भएको विसंगति र विकृति सुधार गर्न मलेसिया सरकारले सुझाव दिएकाले अब दुई देशबीच सहमति भएपछि मात्र नेपाली श्रमिकलाई रोजगारका लागि पठाइने बनाउनुभयो

मन्त्री विष्टले दशकौंदेखि वैदेशिक रोजगारमा देखिएका समस्या समाधान गर्न केही समय लाग्ने बताउँदै वर्तमान सरकारले विदेशमा काम गर्ने नेपाली युवा नठगिउन भन्ने उद्देश्यले कार्य गरिरहेको प्रष्ट पार्नुभयो ।

उहाँले वैदेशिक रोजगारमा देखिएका विभिन्न समस्या समाधान गर्न सरकार कटिबद्ध रहेको बताउँदै शिक्षा, रोजगार, स्वास्थ्य आवासजस्ता जनताको मौलिक अधिकार संरक्षणका लागि सरकारले कानून निर्माण गर्ने छ भन्नुभयो ।

मन्त्री विष्टले वर्तमान अवस्थामा विश्वका १७१ राष्ट्रमा नेपाली युवा कामका लागि जाने गरेको बताउँदै ती राष्ट्रमा श्रमिकको हकअधिकार व्यवस्थित, सुरक्षित र बनाउन सरकारले पहल गर्ने बताउनुभयो ।

 

  • 54Read This News:
  • 472896Total reads:
  • 281457Total visitors: