काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशूली नदी खस्यो, २३ जनाको उद्धार

चितवन, ११ साउन २०७५ । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशूली नदीमा खसेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा ना ६ ख २५०६ नं को बस विपरित दिशाबाट आउँदै गरेको ना ५ ख ७४०९ नं को ट्रकसँग ठोक्किएपछि बस त्रिशूलीमा खसेको हो ।

अहिलेसम्म २३ जनाको उद्धार गरिएको छ । अन्य यात्रुको उद्धार जारी रहेको प्रहरी नायव उपरीक्षक प्रभूप्रसाद ढकालले जानकारी दिनुभयो ।

 

  • 115Read This News:
  • 458885Total reads:
  • 268436Total visitors: