चीनद्वारा नौ देशका लागि नयाँ राजदूत नियुक्त, नेपालका लागि यु होङ नयाँ राजदुत

चीन, २३ कात्तिक २०७३। चीनले नेपाललगायत विभिन्न ९ देशका लागि चिनियाँ राजदूत परिवर्तन गरेको छ ।

चिनियाँ नेसनल पिपुल्स कँग्रेसको स्थायी समितिले सिफारिस गर्न स्वीकृत दिएका राजदूतलाई चिनियाँ राष्ट्रपति सि जिनपिङले नियुक्त गर्नुभएको चीनको राष्ट्रिय व्यवस्थापिकाले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

चीनले नेपालका लागि वु चुन्ताइको ठाउँमा यु होङलाई सिफारिस गरी पठाएइको छ । यसअघि गावनका लागि खटाइएका सु जिवेनको ठाउँमा हु चाङचुङलाई पठाएइको छ ।

यसैगरी नाइजरका लागि झाङ लिजुन, सियरालिअनका लागि वु पेङ, संयुक्त अरब इमिरेट्सका लागि नि जियान, मेसेडोनियाका लागि यिन लिसियान, फिनल्यान्डका लागि चेन ली, क्युबाका लागि चेन सी र डोमिनिकाका लागि लु कुनलाई नियुक्त गरिएको जनाइएको छ ।

 

  • 38Read This News:
  • 459678Total reads:
  • 269182Total visitors: