दक्षिण सुडानमा फुटबल खेलप्रेमी तेह्र जनाको गोली हानी हत्या

दक्षिण सुडान, २३ कात्तिक २०७३ । दक्षिण सुडानको राजधानीमा अवस्थित एक रेस्टुरेन्टमा इङ्गलिस प्रिमियर लिग फुटबल हेर्न जम्मा भएका खेलप्रेमीमाथि एक युवकले गोली चलाउँदा कम्तिमा १३ जनाको मृत्यु भएको प्रहरीले सोमबार एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

सुडानी प्रहरीका उपप्रवक्ता क्वासिजोक डोमिनिक एमोन्डकले एएफपीलाई बताएअनुसार शनिबार राति चेल्सी र एभरटन फुटबल क्लबबीच भइरहेको खेल हेर्न बारमा युवाहरु जम्मा भएको ठाउँमा आफूलाई विना शुल्क प्रवेश नदिएको भन्दै उक्त युवकले आक्रमण गरेको बताइएको छ ।

उक्त युवकले आक्रमण गर्दा पूरै नशामा आएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

घटनामा घाइते वानी प्याट्रिकका अनुसार ले भने, “फुटबल खेल पर्दामा हेरिरहेका मानिसमाथि एक्कासी गोली चल्यो । चलाइएको एक गोलीले मलाई पनि लाग्यो तर भाग्यबस उसको अर्को गोलीले मलाई लाग्नुभन्दा पहिले म जमिनमा ढले र केही मानिस ममाथि ढले । म उठ्दा आक्रमणकारीका हतियारमा गोली सकिएकाले मा भाग्न सफल भएँ ।”

उक्त होटलमा फुटबल हेर्नका लागि आधा डलर शुल्क लगाइएको थियो ।

आक्रमणपछि हत्यारा भाग्न सफल भएको र प्रहरीले उसको खोजी जारी राखेको सरकारका उपप्रवक्ता मल अकोल कोर्डिटले बताए ।

घटना खेदजनाक भएको भन्दै सरकारले आक्रमणको निन्दा गरेको छ । साथै भन्दै दोषीलाई कानुनी कठघरामा उभ्याउने प्रतिबद्धता सरकारले जनाएको छ ।

दक्षिण सुडानमा गत तीन वर्षयता चलेको गृहयुद्धका कारण राजधानीसहित देशका अन्य भागमा समेत सुरक्षा चुनौती थप बढेको छ ।

सन् २०१६ को जुलाईमा राष्ट्रपति साल्भा कीर र पूर्व उपराष्ट्रपति तथा प्रतिपक्षी दलका नेता रेइक मसारबीच मनमुटाव देखिएपछि भएको झडपमा करिब ४०० जना दक्षिण सुडानी नागरिकको मृत्यु भएको थियो ।

 

  • 38Read This News:
  • 459657Total reads:
  • 269162Total visitors: