सप्तरीको पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको महुली पुल भासियो

सप्तरी, २० असार २०७५ । लगातारको वर्षापछि आएको बाढीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकास्थित महुली खोलाको पुल भासिएको छ ।

लगातारको वर्षापछि उक्त खोलामा आएको बाढीले महुली पुल करीब ५० मिटर भासिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । पु्लको केही भागमा थप कटान हुन थालेपछि सर्तकतापूर्वक पुलबाट एकतर्फी यातायात मात्र चलाउन दिइएको र पुलको कटान रोक्न सुरक्षाकर्मी परिचालन गरिएको उहाँले बताउनुभयो ।

 

  • 40Read This News:
  • 459678Total reads:
  • 269182Total visitors: