घरले पुरिँदा एउटै परिवारका तीनजनाको मृत्यु

Photo:edainikpost.com

रोल्पा, १८ असार २०७५ । घरले पुरिँदा एउटै परिवारका तीनजनाको मृत्यु भएको छ ।

रुन्टिगढी गाउँपालिका– ५ सैवाङमा घर पुरिँदा भान्सामा आगो तापेर बसेका तीनजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा १८ दिनकी सुत्केरी २२ वर्षीया कमला विश्वकर्मा, उनकी १८ दिनकी छोरी र जेठाजुको छोरी १५ वर्षीया चित्रा विश्वकर्मा रहेका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो ।

तीनैजनाको शव परीक्षणका लागि होलेरी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ । घट्नास्थल सदरमुकाम लिवाङबाट दुई दिनको पैदल दूरीमा पर्छ ।

 

  • 26Read This News:
  • 459195Total reads:
  • 268727Total visitors: