अरनिको राजमार्ग सफाइ अभियान शुरु

xg'dGt] gbL ;/;kmfO{ cleofg ;+rfng ul//x]sf] cleoGtf 6f]nLn] cfhaf6 c/lgsf] /fhdfu{ ;8s v08 ;"o{ljgfosdf ;/;kmfO{ ub}{, cleoGtfsf ?kdf k|ltlgwL;ef ;b:o, dx]z a:g]t nufot]sf] 6f]nL ;/;kmfO{ ub}{ . tl:j/ M /d]z lu/L, eQmk'/, /f;;

भक्तपुर, १७ असार २०७५ । हनुमन्ते नदी सरसफाइ अभियान संचालन गरिरहेको अभियन्ता टोलीले आजदेखि अरनिको राजमार्ग खण्डको सरसफाइ शुरु गरेको छ ।

वर्षाका कारण हनुमन्ते नदीमा पानीको बहाब बढेर सरसफाइमा कठिनाई आएपछि शनिवारदेखि अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकबाट सडक सरसफाइ अभियान शुरु गरिएको प्रतिनिधिसभा सदस्य महेश बस्नेतले जानकारी दिनुभयो ।

सरसफाइ अभियान नरोकिने बताउँदै उहाँले अबको दुई महिना अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि कोटेश्वरसम्म सरसफाइ गर्ने र त्यसपछि पुनः हनुमन्ते नदीको सरसफाइलाई निरन्तरता दिइने बताउनुभयो ।

बस्नेत आफैँले प्राविधिक उपकरणमार्फत सरसफाइ शुरु गरेर अभियानको उद्घाटन गर्नुभएको थियो । अभियानमा दुई टन फोहोर संकलन भएको थियो ।

अभियानमा सांसद् बस्नेतलगायत अन्य निकायबाट आजै रु ६० हजार सहयोग प्रदान गरिएको छ । सूर्यविनायक नगरपालिकाको आयोजनामा भएको अभियानमा नेकपाका केन्द्रीय सदस्य दिलीप प्रजापतिले समृद्ध नेपाल निर्माण गर्न सफाइका लागि सरकार र जनता हातमा हात मिलाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

 

  • 53Read This News:
  • 472903Total reads:
  • 281464Total visitors: