ट्रम्पले यही जुलाइ ९ तारिखमा सर्वोच्च अदालतका न्यायधिश नियुक्त गर्ने

अमेरिका, १७ असार २०७५ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतमा नियुक्त गर्ने नयाँ न्यायाधिशको नाम अगामी जुलाइमा घोषणा गर्नुहुने भएको छ ।

जुलाइको ९ तारिखका दिन न्यायाधिशको नामावली घोषणा गर्ने उहाँले शुक्रबार जानकारी दिनुभएको हो ।

“मैले पाँच जना उम्मेदवारमध्येबाट छानेर नियुक्त गर्ने हो, म सबैलाई मन पराउछु, तर सबैलाई नियुक्त गर्न सम्भव छैन,” उहाँले भन्नुभयो ।

अहिलेका न्यायाधिश एन्टोनी क्यान्डी यसै हप्ता अवकास लिने घोषणा गरेकाले नयाँ न्यायाधिश नियुक्त गर्नुपर्ने भएको हो ।

 

  • 44Read This News:
  • 459046Total reads:
  • 268591Total visitors: