सिरक–डसना उद्योगमा आगलागी

दाङको तुलसीपुर–९ स्थीत दोघरे शिरक डसना उद्योगमा भएको आगलागी नियन्त्रणमा लिने प्रयास गर्दै नेपाली सेना तथा अन्य सुरक्षा निकायका प्रतिनिधिहरु ।

दाङ, १७ जेठ २०७५ । दाङको तुलसीपुर–९ स्थित राजु तामाङको दोघरे सिरक–डसना उद्योगमा मंगलवार साँझ भीषण आगलागी भएको छ ।

आगलागी हुँदा लाखौँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । विद्युत् चुहावटवाट फैलेको आगोका कारण सिरक, डसना बनाउन प्रयोग गरिने कच्चापदार्थ, कपास, मेशिन, उपकरण, तयारी अवस्थामा राखिएका सिरक, डसना, तकिया लगायतका लाखौँ मूल्य पर्ने सामग्री जलेर नष्ट भएको पीडित परिवारले बताएको छ । उद्योगमा आगलागीको घटना भएलगत्तै स्थानीयवासी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र तुलसीपुर उपमहानगरपालिको दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरेको थियो ।

करीब रु ३५ लाखको क्षति भएको र अझै विस्तृत विवरण आउँन बाँकी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभएको छ ।

 

  • 86Read This News:
  • 479819Total reads:
  • 287379Total visitors: