दम्पती हत्या अभियुक्त आठ वर्षपछि पक्राउ

रुपन्देही, १७ जेठ २०७५ । रुपन्देहीमा ८ वर्ष अघि भएको एउटा जघन्य खालको हत्या तथा डकैतीको घटनाका सबै अभियुक्तलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

बुटवल उपमहानगरपालिका–४, जेसिजचोकस्थित विष्णु भण्डारी स्टोर्सका सञ्चालक रमेश भण्डारी र निजकी श्रीमती आशा भण्डारीलाई गोली हानी हत्या र डकैती गरेको घटनामा संलग्न फरार अभियुक्त अर्जुन गौतमलाई ८ वर्षपछि रुपन्देही प्रहरीले पक्राउ गरेको जनाएको छ ।

अभियुक्त गौतमलाई गत चैत १० गते नियन्त्रणमा लिएपछि उनकै सहयोगमा अर्का अभियुक्त लामो समयदेखि भारतमा बस्दै आएका निजकै दाजु कृष्णप्रसाद गौतमलाई बोलाउन लगाई २ दिन अघि पक्रन सफल भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बुधबार जानकारी दिनुभयो ।

पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धानपछि रुपन्देही जिल्ला अदालतमा दाखिला गरिएको समेत प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त घटनामा खुल्न आएका सबै अपराधीलाई अहिलेसम्म पक्राउ गरी कानूनी दायरामा ल्याइएको समेत जनाइएको छ ।

 

  • 78Read This News:
  • 479821Total reads:
  • 287381Total visitors: