काठमाडौँ, ९ जेठ २०७५ । महानगरीय अपराध महाशाखाले क्यासिनोमा जुवा खेल्ने र खेलाउने दुई जनालाई पक्राउ गरेको छ ।
महाशाखाको टोलीले काठमाडौँको दरबारमार्गस्थित क्यासिनो रोयलमा जुवा खेल्दै गरेको अवस्थामा काठमाण्डौको टुसालमा बस्ने ६६ वर्षीय सोते लामा र क्यासिनोका म्यानेजर विश्व श्रेष्ठलाई सोमबार पक्राउ गरी सार्वजनिक गरेको हो ।
गैरकानूनी रुपमा नेपालीलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउने गरेको सूचनाका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले उपत्यकाको सातवटा क्यासिनोमा छापा मार्दा दुई जनालाई पक्राउ गरेको हो ।
उनीहरुलाई जुवा ऐनअनुसार कारबाहीका लागि वुधवार महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।


