‘सिन्ड्रेला नेपाल २०१८’को उपाधि उपासनालाई

काठमाडौं, ७ जेठ २०७५। ‘सिन्ड्रेला नेपाल–२०१८’को ताज उपासना श्रेष्ठले पहिरिएकीछिन् ।

शनिबार राजधानीमा सम्पन्न प्रतियोगितामा आफ्ना १८ प्रतिस्पर्धालाई पछि पार्दै उपासना यस वर्षकी ‘सिन्ड्रेला नेपाल’ घोषित भएकी हुन् । उपसनाले ताजसहित नगद १० हजार प्राप्त गरिन् ।

प्यासिक इभेन्ट मेनेजमेन्टद्वारा आयोजित प्रतियोगिताको तेस्रो संस्करणमा क्रमशः फस्ट रनरअप र सेकेण्ड रनरअप कृष्टिना श्रेष्ठ र स्तुति स्वाँर भए ।

कार्यक्रममा विभिन्न विधामा पनि उपाधी प्रदान गरिएको थियो ।

जसअनुसार मिस ट्यालेन्ट सुबेका दुबे, बेस्ट ड्रेस सेरिनिटी बन्जाडे, डिस्प्लिन आयुषी थापा, फोटो जेनिकमा आम्शु आचार्य, फ्रेण्डशिपमा इप्शा मगर, मिस स्माइल टिना पुन र मिस बेस्ट हेयरको उपाधि सामला गुरुङले पाए ।

त्यस्तै, बेस्ट स्किन सुश्रीया रोज मैनाली, मिस पर्सनालिटी क्रिष्टजल भण्डारी, मिस चार्मिङ छिरिङ छुटिम तामाङ, पब्लिक च्वाइज एञ्जल भेटवाल, मिस इनोसेन्ट इशा चौलागाइँ, मिस–वाक प्रकृति शाक्य, मिस स्पोन्स टेनियस बिचना राई, मिस एलिगेन नैशा धमला र मिस पंच्यालिटी युथिका न्यौपाने सवैलाई सम्मान गरिएको थियो ।

मोडल विपना थापाको कोरियोग्राफी र सुदर्शन सुबेदीको इभेन्ट मेनेजमेन्ट संयोजनमा आयोजित प्रतियोगितामा गायक लाक्पा शेर्पा, प्रवेशमान शाक्य, निर्णय श्रेष्ठ, व्यवसायिक उज्जलकृष्ण श्रेष्ठ, पत्रकार भूषण श्रेष्ठ र द सुपर मोडल अभिलाषा शर्मा स्वाँर निर्णायक थिए । विभिन्न सांगीतिक कार्यक्रमसहित प्रतियोगिता सम्पन्न भएको इभेन्ट संस्थाका अध्यक्ष फुपु तेञ्जिङ शेर्पाले बताए ।

 

  • 53Read This News:
  • 480501Total reads:
  • 287971Total visitors: