अछाम, ७ जेठ २०७५ । २०५८ फागुनमा माओवादी आक्रमणमा विमानस्थलको टावर ध्वस्त भए संगै २०६२ सालमा पुर्णरुपमा बन्द भएको अछामको साफेबगर विमानस्थलको कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ । विमानस्थलको ५ सय ५० मिटर लम्वाई र २० मिटर चौडाई कालोपत्रे काम भईरहेको छ ।
एक वर्ष भित्रैै सम्पन्न गर्ने गरी अमर कन्ट्रक्सनले ठेक्का पाएको थियो । चैत ९ गते सम्पन्न हुनुपर्ने विमानस्थलको काम मौसम, स्थानीय, प्रदेश र संघको निर्वाचनका कारण केही ढिलाई भएको अमर कन्ट्रक्सनका देवीलाल न्योपाने बताउनु भयो । विमानस्थलको काम केही ढिलाइ भएपछि तीन महिना थपिएको र अबको १५ दिन भित्र निर्माण कार्य सम्पन्न हुने न्योपान बताउनु भयो ।
११ करोड १७ लाखको लागतमा विमानस्थलको निर्माण कार्य संञ्चालन भएको हो ।
भवानी प्रसाद भण्डारी


