सगरमाथालाई प्रदूषित नबनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, १० वैशाख २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथामा कुनै कारणले प्रदूषण हुन नहुने बताउनुभएको छ ।

पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको रजत दिवसका अवसरमा प्रधानमन्त्री ओलीले सगरमाथालगायत नेपालका उच्च हिमश्रृंखलामा जलवायु परिवर्तनको असर देखा पर्ने थालेकामा चिन्ता व्यक्त गर्दै भन्नुभयो, “संसारका ठूला देशका कारण भएको कार्बन उत्सर्जनको असर नेपालका हिमालमा देखिनु दुःखद कुरा हो ।”

सगरमाथा सफा हुन महासागरको सफाइमासमेत ध्यान दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले सगरमाथा क्षेत्रमा खाद्य पदार्थका खोल, प्लाष्टिकजन्य पदार्थ फालेर सगरमाथाको प्राकृतिक स्वरुपलाई कुरुप बनाउन नहुनेमा जोड दिनुभयो । उहाँले पासाङ ल्हामु शेर्पा नेपाली महिलाका प्रेरणाकी स्रोत र साहसी भएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले नेपालमा असंख्य हिमाल रहेको बताउँदै तिनको संरक्षणमा ध्यान दिनु आवश्यक रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रा हिमाललाई संरक्षण गर्नुपर्छ । नेपालको पर्यटनमा यिनै हिमाली दृष्यको योगदान अथाह छ ।”

 

  • 67Read This News:
  • 480366Total reads:
  • 287843Total visitors: